गर्भवतीका घरमा निमन्त्रणा
जुम्ला । चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’वितरण कार्य शुरु गरेको छ ।
नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्यचौकी तथा अस्पतालमा आउन भन्दै गर्भवतीलाई निमन्त्रणा कार्ड दिनथालेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए ।
गर्भवतीलाई नियमानुसार चारपटक गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थप उत्तरदायी बनाउनका लागि निमन्त्रणा कार्ड नै बनाएर वितरण गर्न शुरु गरिएको महतले जानकारी दिए ।
समयमै गर्भ जाँच गराउने, घरमै सुत्केरी हुने दर घटाउने, आमा तथा बालबालिकाको स्वास्थ्य ग्यारेण्टी गर्ने उद्देश्यका साथ गर्भवतीलाई निमन्त्रणा कार्ड प्रदान गरिएको हो ।
नगरपालिका क्षेत्रभित्रका सबै गर्भवतीका घरमै पुगेर कार्ड वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार निमन्त्रणा कार्डले गर्भवती र तिनका अभिभावकलाई समयमै जाँच गराउन तथा सुत्केरी गराउन स्वास्थ्य संस्थामै लैजान दबाब पुग्नेछ ।
स्वास्थ्य निरीक्षक महतका अनुसार पहिलो चरणमा नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का ९५ गर्भवतीलाई निमन्त्रणा कार्ड वितरण गरिएको छ ।
निमन्त्रणा कार्डमा एकातिर गर्भवतीको नाम, ठेगाना र सुत्केरी हुने समय उल्लेख गरिएको छ भने अर्कोतिर गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, अपनाउनुपर्ने सावधानी तथा पोषणयुक्त खानाबारे उललेख गरिएको महतले बताए ।
नगरपालिकाका प्रायः गरी अस्पतालमा बच्चा जन्माउने गर्ने तर पनि छुट नहोस् र शत प्रतिशत आमा र बालाबालिकाको जीवन सुरक्षा होस् भन्ने उद्देश्यका साथ अभियान थालिएको नगर उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक भएकाले प्रायः गर्भवती सुत्केरीका लागि आउने गर्छन् । कोही नछुटन भन्ने उद्देश्यले थप दबाब र जानकारी कार्यक्रम अगाडि बढाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलो र आगलागी पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग कांग्रेसको माग
-
३७०० फिट उचाइमा रहेका पर्यटकहरू १ घण्टासम्म यस्तो अवस्थामा
-
द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या समाधान गरिन्छ : प्रधानमन्त्री
-
आज जेलबाट बाहिर आउलान् अरविन्द केजरीवाल ?
-
दुर्गममा शिक्षक पाउनै मुस्किल : पाँचौँ पटकसम्म विज्ञापन प्रकाशन
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक