स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ३८ वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीेले जनाएको छ ।
दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय सञ्जय सदा, ३० वर्षीया अकलया देवी, उनको एक वर्षीया छोरी राधिका कुमारी, ४० वर्षीय अमरजीत राम र स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय मोहम्मद रफतात घाइते भएका छन् ।
घाइते पाँचै जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण