गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना
निकै सुरिलो स्वरकी धनी भनेर चिनिने गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना भएको छ ।
दुर्घटनाका कारण उनको निधारमा चोट लागेको छ भने एउटा आँखा पनि निलो भएको छ । साथै उनका हत्केला र हातमा पनि चोट लागेको उनले जानकारी दिएकी छिन् ।
त्रिशालाले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएकी हुन् । उनले फेसबुकमा दुईवटा भिडियो स्टोरी राखेर उक्त दुर्घटनाबारे बताएकी हुन् ।
त्रिशालाले पठाओ सेवा प्रयोग गर्दा दुर्घटनामा परेको पनि जानकारी दिइन् । यद्यपि, दुर्घटनाका लागि पठाओ सेवा र चालकलाई दोष दिन भने नचाहेको उनले स्पष्ट पारिन् । पछाडि बस्नेलाई पनि हेल्मेट दिने वा अनिवार्य रुपमा हेल्मेट लगाउनै पर्ने नियम बनाए यस्ता सेवा अझै राम्रो हुने भन्दै उनले पठाओलाई सल्लाह पनि दिएकी छिन् ।
त्रिशालाले विभिन्न कभर गीतहरु गाउने गर्छिन् । नेपाली सांगितिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण