सागका स्वर्ण पदक विजेतालाई ५१ हजार नगद सहित सम्मान
मङ्गलबार, २२ पुस २०७६, १३ : ०९
सिरहा । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सिरहाबाट स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । गोलबजार नगरपालिका १० धरमपुरका उसु खेलाडी १९ वर्षीय विजय सिंजालीलाई नगद ५१ हजार नगद सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
सिंजालीलाई गोलबजार नगरकाका मेयर देवनाथ साह, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी.ले सम्मान गरेका हुन् ।
नेपाल आर्मी क्लवबाट १३ औं सागमा सहभागी भएका सिंजालीले उसुतर्फ थाउलोको छानछ्वाङ् पुरुष विधामा स्वर्ण पदक जितेका थिए ।
यसअभि भारतको गुवाहाटीमा भएको १२ औं सागमा उसुमा रजत पदक जितेका सिंजालीले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियन खेलकूदमा पनि भाग लिएका थिए ।
पदक जितेपछि गृहनगरले सम्मान गर्दा अझ खेल्ने उर्जा मिलेको सिंजालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण