इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको छ । शक्तिशाली भूकम्प आएपनि कुनै क्षति विवरण प्राप्त भइनसकेको र सुनामी चेतावनीको कुनै सुचना जारी नगरिएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प आएको हो । इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको समाचारमा जनाइएको छ ।
भूकम्पपछि स्थानीय वासिन्दा त्रसित भएका छन् भने भूकम्पको झट्का महसूस गर्ने वित्तिकै स्थानीयवासी घरबाहिर दौडिएका थिए । ‘हामीले अहिले सामुद्रिक किनाराको अवलोकन गरिरहेका छौँ, सामुिद्रक पानीको चाल कस्तो छ भन्ने हेरिरहेका छौँ,’ एक स्थानीयवासीले एएफपी समाचार समितिलाई बताएका छन् । कुनै मानवीय क्षति र भौतिक संरचना क्षतिको विवरण अहिलेसम्म प्रान्त नभएको अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियामा यस्ता भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गरेको छ । यसअघि सन् २०१८ मा सुलावेसी टापूमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र सुनामीका कारण २२ सय भन्दाबढीको मृत्यु भएको थियो भने, एक हजारभन्दा बढी बेपत्ता भएका घोषणा गरिएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स
-
भारतविरूद्ध सैन्य अभियानको नेतृत्व गर्ने सेना प्रमुख मुनीर फिल्ड मार्सलमा बढुवा
-
इन्सपेक्टर लिएर अनुगमनमा गएको विभागको टोली नै कुटिएपछि...