१६ देखी ६५ बर्षसम्मका व्यक्तिको लागि एलआईसीको ‘जीवन बचत’ योजना
काठमाडौं– “जीवन बिमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन बचत’ नामक एकल बिमाशुल्क जीवन बिमा योजना बजारमा ल्याएको छ ।
कम्पनीले काठमाडौंमा आयोजना गरेको एक समारोहबीच उक्त ‘जीवन बचत’ योजनाको सार्वजनिक अनावरण बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरे ।
१६ देखी ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बिमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि न्युनतम ५ बर्ष र अधिकतम २५ बर्ष रहेको छ ।
बीमा परिपक्वतामा आर्जित बोनससहित बिमाड्ढ रकम एकमुष्ठ प्रदान गरिनेछ । साथै, यस योजनामा बिमा परिपक्वता पछि बिमितले इच्छा अनुसार ५ देखि १० वर्ष भित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ ।
न्युन बिमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ । बिमाशुल्क भुक्तानीको १ वर्ष पश्चात बिमितले कम्पनीबाट कर्जा तथा बिमा सम्पूर्ण सुविधासमेत लिन सक्नेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले यस बिमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले एकल बिमाशुल्क (मुद्दती निक्षेप जस्तै) भुक्तानी गरी जीवन बिमा समेत प्राप्त गर्न चाहन्छन्, उनीहरुको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने वताउनु भयो ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले नया“ बिमा योजनाको बारेमा प्रकाश पारेका थिए । उनले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण