मेगा बैंकद्वारा लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीमा ब्ल्याङ्केट सहयोग
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केटको व्यवस्था गरेको हो ।
शितलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको बैंकले जनाएको छ ।
लुम्बिनी विकास मञ्चको आयोजनामा ‘न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौं’ भन्ने मुल नाराका साथ ‘निःशुल्क न्यानोपन अभियान २०७६’ सञ्चालन भइरहेको जसमा बैंकले गरेको सहयोगबाट यी समुदायमा रहेका करिब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्विन्त भएका छन् ।
ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरुको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण