आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विदुर नगरपालिकाले दियो पुस २७ गते सार्वजनिक बिदा

बुधबार, २३ पुस २०७६, १६ : ०८
बुधबार, २३ पुस २०७६

नुवाकोट । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (विसं १८१९) बनाएर करीब २५÷२६ वर्ष त्यहीँबाट  राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई  भुल्न नहुने जनाएको छ ।  

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको  नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप