अख्तियारद्वारा एकैदिन सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।
आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीद्वय टङ्कप्रसाद चौलागाईं र गङ्गाराज शाही तथा स्याङ्जा वालिङ नगरपालिका–८ का चौपाया व्यापारी जहरुदिन तेलीविरुद्ध उक्त अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन वडा सचिव मिश्रलाई रु दुई लाख सेवाग्राहीसँग घुस लिएको प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन रु १५ हजार असुलेको, खत्री, चौलागाईं र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भङ्ग गरेका तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुसबापत रु १५ हजार उपलब्ध गराएकाले घुसबापत दिए÷लिएको बिगो रकम जफत हुनुपर्ने मागदाबीसहित आरोपपत्र दायर आयोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण