सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा
काठमाडौं– सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ ।
उक्त काउन्टरको समुद्घाटन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) द्वारा संयुक्त रुपमा भएको छ ।
समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवादका साथै शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा स्थानिय वासी समक्ष खुशी व्यक्त गरे र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।
समारोहमा महजोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानिय वासी तथा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लिभ-इन’बारे जिनतको समर्थनमा सोमी, भनिन्- यसले सम्बन्धविच्छेदको सम्भावना कम गर्छ
-
सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज
-
तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति
-
कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य
-
बाबर आजमले तोडे विराट कोहलीको कीर्तिमान
-
कुल गार्हस्थ्य उत्पादन १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्याउने १६ औँ योजनाको लक्ष्य