इराकमा २४ घण्टाभित्र दोस्रो हमला, विदेशी दूतावास नजिकै दुई रकेट दागियो
इराकको बगदादमा २४ घण्टाभित्र दोस्रो रकेट हमला भएको छ । रिपोर्टका अनुसार यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको छ । यो स्थानमा थुप्रै विदेशी दूतावास छन् । दुई ठूला धमाकापछि पूरा ग्रिन जोनमा सुरक्षा अलार्म बज्न थाल्यो । कुनै पनि संगठनले अहिलेसम्म हमलाको जिम्मेवारी लिएको छैन । यद्यपि, अमेरिकी अधिकारीले भने यसको पछाडि इराकमा रहेको इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ माथि शंका जताएको छ ।
इराकको सुरक्षाबलको हिस्सा हुन् ‘हाशेद’
इरान समर्थित संगठन पिएमएफका प्रवक्ताका अनुसार हमलामा उनका पाँच सिपाहीको मृत्यु भएको छ । संगठनले सुरुमा हमलाका लागि इजराइलमाथि शंका जताएको थियो । पिएमएफ शिया लडाकूको एउटा गुट हो । यो आधिकारिक रुपमा इराकी सुरक्षाबलमा समावेश छ । रकेट हमलामा मारिएका मुहंदिस यो संगठनका उप–प्रमुख थिए । इराकमा अमेरिकी सेनाविरुद्ध गएकोमा ट्रम्प प्रशासनले उनीहरुलाई ब्ल्याकलिस्ट गरेको थियो ।
इराकमा इरान समर्थित संगठनलाई निशाना बनाइरहेको थियो अमेरिकाः
अमेरिकाले आजकाल इराकमा इरान समर्थित कतैब हिज्बुल्ला विद्रोहीलाई निशाना बनाइरहेको छ । दुई हप्ता अघि अमेरिकी एयरस्ट्राइकमा यी संगठनका २५ लडाकू मारिए । अमेरिकाका अनुसार उसले यो हमला इराकमा अमेरिकी ठेकेदारको मृत्युको बदला लिनका लागि गरेको थियो । कतैब हिज्बुल्लाका नेताले हमलाका लागि अमेरिकालाई परिणाम भोग्नका लागि चेतावनी दिएका थिए ।
इरानको हमलामा अमेरिकालाई कुनै क्षती भएको छैनः
एकदिन अघि नै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा २२ मिसाइल दागेको थियो । इरानले अनबर प्रान्तमा ऐन अल–असद एयर बेस र इरबिलको एक ग्रीन जोनमाथि हमलामा अमेरिकाका ८० सैनिक मारिए । यद्यपि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो दाबीलाई झुटो बताएका छन् । न्यूज एजेन्सी रोयटर्सले यससँग सम्बन्धित केही सेटलाइट फोटो जारी गरेको छ । इरानले अमेरिकी एयरबेसमा दागेको मिसाइलले सात भवनमा क्षती पुगेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण