सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ढोकाबाटै राउण्ड लिन्छन् चिकित्सक

बिहीबार, २४ पुस २०७६, १४ : ४९
बिहीबार, २४ पुस २०७६

बाँके । भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् । लुम्बिनी प्रदेशको एकमात्र सङ्घीय  अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ ।

दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पताल  आउने गरेको अस्पतालले जनाएको छ ।  सेवा लिन भेटिएका अधिकांश बिरामी र उनका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् ।  बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले उत्तर दिन झर्को मान्ने गुनासो अस्पतालमा सुनिदै आइएको छ । 

अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाईदैन । यसैगरी प्रयोगशाला परीक्षण गर्न  निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीमा रहेको छ । शौचालयको दुर्गन्धले  अस्पतालमा बसिसक्नु छैन ।  अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले भने, ‘अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको  छ ।’

अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको श्ययामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामीको गुनासो छ । 

उपकरण प्रयोगमा नआउँदै थन्कियो: बिरामी समस्यामा

अस्पतालमा रहेको सिकलसेल एनिमिया जाँच गराउने इलेक्ट्रोफोरसिस नामक उपकरण बिग्रिएपछि यसका बिरामीले १० महिनादेखि जाँच गराउन पाएका छैनन् । बिरामी अहिले निजी क्लिनकमा जाँच गराउन बाध्य रहेका छन् । 

अस्पताल प्रशासनले बिग्रिएको उपकरण मरमतमा ध्यान दिएको छैन ।   मेसु डा.अधिकारी र सम्बन्धित रोगका विशेषज्ञ डा.राजन पाण्डेले अहिलेसम्म उपकरण मर्मत गर्नेतर्फ चासो नदेखाएका बिरामीको गुनासो छ ।
निजी स्वास्थ्य सस्थामा रु एक हजार ५०० देखि रु दुई हजारसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए ।

उपकरण बिग्रिएकाले सो रोग परीक्षण गराउन निःशुल्क सेवाबाट बिरामी वञ्चित भएका छन् । अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने जनाइएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अस्पताललाई  प्रदान गरेको सो नामको दुईवटा उपकरण प्रयोगमा नआउँदै थन्किएको छ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप