गोङ्गबुबाट तीन किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, २५ पुस २०७६, ०९ : १३
गोङ्गबु नयाँ बसपार्कबाट तीन किलो नक्कली सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहनलाल गुजराती रहेका छन् ।
शुक्रबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले गोङ्गबु नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेका अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्त गर्दै त्रिवि, आंशिक प्राध्यापकहरूको विरोध
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम