फतुुवा विजयपुर नगरपालिकाको ताला खुुल्यो
रौतहट । रौतहटस्थित फतुवा विजयपुरका नगरप्रमुख र कर्मचारीबीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको छ । नगरप्रमुख गोपालप्रसाद यादवका अनुसार बढीमा १० दिनभित्र कर्मचारीको सम्पूर्ण तलव निकासा गर्ने लिखित सहमतिको आधारमा ताला खोलिएको हो ।
गत बुुधवार शिक्षक लगायत सैयौंको संख्यामा गएका कर्मचारीहरुले नगरपालिकाभित्र रहेका कर्मचारीलाई बाहिर निकाली मुलगेटमा तालाबन्दी गरेका थिए । तेस्रो नगरपरिषद नभएको बहाना बनाउँदै मेयर यादवले नगरक्षेत्र अन्तर्गतका शिक्षक, स्वास्थकर्मी, कृषि कर्मचारी तथा करार सेवामा रहेका कर्मचारीलाई गत साउन देखिको तलव उपलव्ध गराएका छैनन् ।
नगरपालिकाले ३ वटा मावि, ८ वटा निमावि, १९ वटा प्रावि र ५ वटा स्वास्थचौकी लगायतका अन्य कर्मचारीहरुको गत साउनदेखि तलब पाउन नसकेको भन्दै आक्रोशित कर्मचारीहरुले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका थिए ।
नगरप्रमुख यादवका साथै प्रशासकीय अधिकृत जयचन्द्र साहले १० दिनभित्र सबैको तलब उपलब्ध गराउने लिखित सहमति गरेपछि ताला खोलिएको दुधिअवा माविका शिक्षक रञ्जनप्रसाद खरेलले बताए । फतुुवा बिजयपुरका मेयर यादवले तेस्रो नगरसभा समयमा हुन नसकेको कारण हालसम्म कर्मचारीहरुको रोकिएको तलव अगामी १० दिनभित्र निकासा गराउने प्रकृया आजैदेखी सुुरु भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण