यती समूहको भवन निर्माण रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न भन्दै अन्तरिम आदेश दिएको छ । उक्त समूह र नेपाल ट्रस्टले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै अदालतले निर्माणधीन भवनको काम रोक्न अन्तरिम आदेश दिएको हो।
शुक्रबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो। अदालतले दुवै पक्षलाई माघ १ गते छलफलमा बोलाएको छ।
प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभिन्न मन्त्रालय, नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ।
राईले दर्ता गरेको रिटमा मासिक ४ लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले ३० वर्षका एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएपछि राज्यलाई पाँच अर्ब नोक्सान हुने दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण