नेपाल मेडिसिटीका चिकित्सकहरुसँग दक्षिण कोरीयाली सर्जन
ललितपुुर– नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग दक्षिण कोरियाका प्रतिष्ठित सर्जन डा. किमले प्यान्कृयास सर्जरीका विषयमा अन्तर्क्रिया गरेका छन् ।
दक्षिण कोरिया स्थित क्यंगपुक नेशनल विश्वविद्यालयका हेपाटो बिलियरी तथा जनरल सर्जरी विभागमा कार्यारत डा. सांग गोएल किमले शुक्रबार नेपाल मेडिसिटी अस्पतालका सर्जन लगायतका चिकित्सकहरुसंग अन्तर्क्रिया गरेका हुन् ।
अन्तर्क्रियामा फरक शैलीमा उनले गर्दै आएको हेपाटो बाइलयरी सर्जरी प्रक्रियाबारे प्रष्ट पार्दै यसका लागि आवश्यक पद्धतीबारे बताएका थिए । नेपाल मेडिसिटी अस्पतालका सर्जरी विभाग प्रमुुख डा. सुुनिल कुमार शर्मा ढकालले डा. किमको उपस्थिती र अन्तक्र्रिया नेपाली चिकित्सकहरुका लागि निकै फलदायि रहने अपेक्षा गरे ।
नेपाल मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण र पद्धतिलाई अपनाउदै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको अवस्थामा थप नयाँ पद्धतिबारे जानकारी प्राप्त गर्नुु सबैका लागि सुनौलो अवसर रहेको उनले बताए ।
अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वदेशमै विश्वस्तरिय उपचार प्रदान गर्दै आइरहेको र यस किसिमका कार्यक्रमलाई सधै प्रोत्साहन गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण