जनताले चाहे व्यवस्था परिवर्तन हुन्छ : कमल थापा
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले चाहेमा अहिलेको व्यवस्था परिवर्तन हुन सक्ने बताएका छन् । आज पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकारको प्रयोग गर्दै जनताको साथ र बलमा पार्टीको एजेन्डा स्थापित गर्ने बाटोमा कृयाशिल हुन कार्यकर्तालाई आग्रह गरे ।
गएको उपनिर्बाचनमा उल्लेख्य मत प्राप्त नभएता पनि राप्रपाले अबलम्बन गरेको बिचारको सन्देश जनताको घर दैलोमा पुगेको भन्दै थापाले पार्टी कठिन र लामो यात्रामा अघि बढेको बताए ।
राप्रपाले हिड्न खोजेको बाटो सजिलो नभएको चर्चा गर्दै थापाले यो मार्गलाई सम्भब बनाएरै छाड्ने दृढता ब्यक्त गरे ।
हरेस नखाइ,निरास र बिचलित नभई उच्च मनोबल राखेर कार्यकर्तालाई संगठन सुदृढीकरण अभियानमा सकृय हुन आग्रह गर्दै थापाले भ्रमको जालोलाई तोड्न आबश्यक रहेको बताए ।
संविधान निर्माणका समयमा राजसंस्था र हिन्दुराष्ट्र लेखाउन नसकेता पनि ती कुराहरु ल्याउने बाटो र अधिकारको सुनिश्चितता भने राप्रपाले गर्दा सम्भब भएको दाबी गरे ।
संबैधानिक ब्यबस्था बाटै जनताको मन जितेर एजेन्डा स्थापित गर्ने अबस्थाको सदुपयोग गर्न संगठन र जनता केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।
बिगतका त्रुटि र कमजोरीबाट पाठ सिकेर इख लिँदैअघि बढनुको बिकल्प नभएको भन्दै थापाले सैद्धान्तिक र बैचारिक रुपमा काङ्ग्रेस–कम्युनिस्टको बिकल्प राप्रपा मात्रै बन्न सक्ने दाबी गरे ।
बेरोजगारी, भ्रष्टाचार र हिन्दुत्वको अभियान बोकेर पार्टी आगामि दिनमा संगठन निर्माण , जनसंघर्ष र जनपरिचालन अभियानमा होमिने समेत उनले बताए । कार्यक्रममा राप्रपा उपाध्यक्ष टंक ढकाल, सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्यद्वय यबती कार्की, नरगोबिन्द शंखदेब, जिल्ला अध्यक्ष माधन खत्री , श्याम नेपाल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण