विमान दुर्घटनाः इरानद्वारा अमेरिकी दावीको खण्डन
एजेन्सी । इरानले शुक्रबार आफ्नो राजधानी तेहरानको नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इरानद्वारा इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले झारेको भन्ने अमेरिकाको दावीलाई खण्डन गरेको छ ।
विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिल्यै केही भन्न नसकिने तर अमेरिकालगायतका उसका सहयोगीहरूले दावी गरेजस्तो विमानमा इरानी क्षेप्यास्त्र लागेको भन्ने दावी ‘गलत’ रहेको इरानले बताएको छ ।
इरानको नागरिक उड्डयन संगठन, दुर्घटना विभागका प्रमुख हसन रजाइलाई उद्धृत गरिएको एक फरक रिपोर्टमा इरानले आफ्नो मेहरावाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रयोगशालामा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ को अनुसन्धान शुरू गर्ने बताएको छ ।
यूक्रेनी विमान तेहरान नजिकै दुर्घटनाग्रस्त भएको थियो भने विमानमा यात्रा गरिरहेका १७६ जनाको घटनास्थलमा नैे मृत्यु भएको थियो । इराकमा रहेको अमेरिकी सैनिक शिविरहरूलाई लक्षित गरी इरानले हवाई आक्रमण गरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो ।
तेहरानले विमान दुर्घटना हुनुको कारण प्राविधिक समस्या उल्लेख गरेको छ तर अमेरिका, बेलायत र क्यानाडाली अधिकारीहरूले युक्रेनी विमानलाई इरानले हानेको क्षेप्यास्त्रले खसालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण