पृथ्वीजयन्ती भव्य रुपमा मनाइँदै, पूर्वराजा ज्ञानेन्द्रले दिए शुभकामना
‘राष्ट्र निर्माता’ भनी एकाथरिले महिमा मण्डित गर्ने र अर्काथरिले चाहिँ ‘खुनी हमलावर’ भनी खुङ्खार शासको रुपमा चित्रित गर्ने, सम्भवतः नेपालका इतिहासमै सबैभन्दा चर्चित र विवादास्पद पात्रको रुपमा पछिल्ला कालखण्डमा स्थापित तत्कालीन वडामहाजधिराज पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते आइतबार मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी उनका समर्थन गर्नेहरुले ‘राष्ट्रिय एकता दिवस’का रुपमा भव्यताका साथ मनाउँदैछन् ।
सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहÚमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुनेछन् । समारोहमा त्यहाँ अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ ।
विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए भनी इतिहासका पानाहरुमा मनग्गे लेखिएका छन् । तर उनका त्यो कार्यलाई कतिपयले चाहिँ राष्ट्रिय एकीकरण नभई साम्राज्य विस्तार अभियानको रुपमा चित्रित गर्ने गरेका छन् । । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रुपमा उनको प्रशंसा एकाथरिबाट हुँदै आएका छन्. । तर पछिल्ला कालखण्डमा उनको त्यो दिव्योपदेशको आधिकारिकताबारेमा पनि प्रश्नहरु चाहिँ उठ्ने गरेका पनि छन् ।
पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको भनी कतिपय राजनीतिक नेताहरुबाटै समेत उनको योगदानको सह्राना भएको छ ।
नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुुलिस क्लब प्रदर्शनी मार्गमा आइतबार दिउँसो चियापान कार्यक्रमको आयोजना गर्दैछ ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने बताउँदै परस्पर प्रेम, एकता र सद्भावका निम्ति आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण