प्रदेश ३ को नाम र राजधानीको टुङ्गो लगाउन मतदान प्रक्रिया सुरु
काठमाडौँ । प्रदेश ३ को नाम र स्थायी राजधानी तोक्नका लागि मतदान प्रक्रिया सुरु भएको छ ।
प्रदेश ३, प्रदेशसभाले ‘स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को प्रस्तावअनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदैछ ।
प्रदेशसभामा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन केहीबेर अघि मतदान प्रक्रिया सुरु भएको हो ।
प्रदेशसभाको दुई तिहाई बहुमतले नाम र राजधानी टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलको बैठकले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौँडा कायम गर्ने समबन्धमा औपचारिक निर्णय गरिसकेको छ ।
प्रदेशसभामा कुल ११० सदस्य छन् । नाम र राजधानीको टुङ्गो लगाउन कुल सदस्यको दुई तिहाई अर्थात् कम्तीमा ७४ मत आवश्यक पर्दछ ।
प्रदेशसभामा नेकपाका ८० सांसद छन् । त्यसैले दुई तिहाई बहुमतका लागि सत्तारुढ दलकै सांसदको मत पर्याप्त हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण