माघ १ गते राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुका महानिर्देशक डा बासुदेब उपाध्यायले समाजमा योगलाई शरीर स्वस्थ राख्नका लागि गरिने शारीरिक आसन भनेर बुझाउने प्रयास गरिएपनि पनि त्यसलाई पूर्णरुपमा सत्य मान्न नसकिने बताएका छन् । योगको अर्थ वास्तबमा धेरै फरक भएको उनको भनाइ छ ।
आइतबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले बताएका हुन्। योगलाई एक आध्यात्मिक प्रक्रिया पनि मानिने भन्दै उनले शरीर, मन र आत्मालाई एक गर्ने हुँदा मानवका लागि योग महत्त्वपूर्ण भएको उल्लेख गरे ।
‘बदलिदो जीवनशैलीले मानिसहरुमा शारीरिक तथा मानसिक समस्याहरुले सताउने क्रम बढदो छ,’ उनले भने, ‘बदलिँदो जीवनशैली र खानपानको कारण हाम्रो शरीरमा भएको विकार फाल्नका लागि योगको आवश्कता पर्छ ।’
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले माघ १ गते राष्ट्रिय एकता, योगको सान्दर्भिकता भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरि योग दिवस मनाउँदै छ ।
योग प्राणायाम,आयुर्वेद र जडीबुटीको विकास गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ राष्ट्रिय योग दिवस मनाउन लागिएको उनले बताए ।
कुलतमा फसेका युवालाई योगको माध्यमबाट समेत निकाल्न सकिने उनले बताए । माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय मन्त्रिपरिषद्ले २०७२ साउनमा गरेको थियो ।
आयुर्वेद विभागले टेकु अस्पताल भित्रका सबै शाखाका कर्मचारीका लागि दिउँसो १ देखि २ बजेसम्म योग कक्षासमेत केहीदिनसम्म सञ्चालन गर्ने उनले बताए । योग मानव जीवनमा अतिआवश्य कुरा भएको उनले बताए । पाइलट प्रोजेटको रुपमा नेपालका ५ वटा विद्यालयमा योगका कक्षा सञ्चालन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण