नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरेका छन् ।
पृथ्वी जयन्तीका अवसरमा राजधानीमा भएको चियापान कार्यक्रममा अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदै शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न माग गरेका हुन् ।
विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोचहरु रहेपनि अहिले सबै राजनीतिक दल र नेताहरु सकारात्मक रुपमा लिएकोम खुसी व्यक्त गर्दै थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, २७ गते सार्वजनिक दिवसका रुपमा मनाएर विदा दिन र उनको तस्वीर नेपाली नोटमा अंकित गर्न सत्तारुढ दल, सरकार र प्रधानमन्त्रीलाई आग्रह गरे ।
थापाले देशमा देखा परेको सबै प्रकारका चुनौतीको सामना गरेर शान्ति र स्थायीत्व कायम गरी सबल र समुन्नत नेपाल निर्मामा सबै राजनीतिक दलहरु एकता र सहमतिमा आउनुपर्ने उनले बताए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय एकताको सन्दर्भमा शाहले ठोस आधार तयार गर्नुभएको कुरालाई सम्मानका साथ सम्झिनुपर्ने बताए । उनले राष्ट्रिय एकताको जगमा उभिएर देशका सबै जाति, भाषा, धर्म र संस्कृतिलाई जनतालाई एकतावद्ध बनाउँदै निरन्तर अगाडी बढ्न आग्रह गरे ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पृथ्वी जयन्तीका अवशरमा सार्वजनिक विदा दिएर एकता दिवस सरकरी स्तरबाट भव्यताका साथ मनाउनुपर्ने बताए । शाहले बनाएको मुलुकलाई सबैले संरक्षण गरी राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्ने उनको धारणा थियो ।
आइतबार पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण