घुस लिएको अभियोगमा पक्राउ
आइतबार, २७ पुस २०७६, १८ : ११
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुवाती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको अभियोगमा पूर्वाधार विकास कार्यालय प्रदेश नं ३ ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ ।
आयोगका अनुसार लेखा अधिकृत विष्णुहरि पुडासैनीले निर्माण व्यवसायीसँग रु २२ हजार घुस माग्दै गर्दा पक्राउ गरिएको हो । पुडासैनीले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले ललितपुर महानगरपालिका २३ एकान्तकुनाबाट पक्राउ गरेको हो ।
आयोगले पुडासैनीलाई यही पुस २५ गते पक्राउ गरेको भएपनि थप अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । पुडासैनीलाई आज आयोगले सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी पुडासैनीमाथि छानबिन जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण