अष्ट्रेलियामा पनि मनाइयो पृथ्वीजयन्ती
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाएका छन्। घना नेपालीको बसोबास भएको सिड्नीको ओबन पार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बलियो सुदृढ देशका साथै विश्वमानचित्रमा नेपालीलाई स्थापित गरेको बताए।
सहभागीहरूले नेपालमा बढ्दै गएको ध्रुवीकरण प्रति चिन्ता व्यक्त गर्दै जात, धर्म, राजनीतिक आस्था भन्दा पनि माथि उठेर नेपाली पहिचानमा गर्व गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।
एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान कै कारण नेपाली पहिचान स्थापित भएको बताए।
पोखरा समाजका सचिव समित केसीले पृथ्वीनारायण शाहलाई अहिलेको समय र राजनीतिक परिस्थितीको आधारमा हेर्न नहुने बताए।
अग्रज समाजसेवी कंचन पोखरेलले आफ्ना बच्चाहरूले हामी नेपाली कसरी बनियो भनेर सोध्ने गरेको र बच्चाहरूको यसखालको सोधाईको जवाफ दिन पनि अभिभावकहरूले नेपालको ईतिहास र नेपाली राष्ट्रिय धरोहरका बारेमा जानकार रहनुपर्ने बताए। एनआरएन अष्ट्रेलियाका पूर्व प्रवक्ता तथा लेखा, वित्त तथा बैकिङ व्यवसायी डिला खरेलले नेपाली राष्ट्रियता र ईतिहासलाई विश्वभर छरिएका नेपालीहरूले गर्वका रूपमा लिएर दोश्रो पुस्तामा समेत हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। त्यसका लागी अन्तर्राष्ट्रिय नेपाली दिवश एउटा कडीका रूपमा स्थापित हुनुपर्ने उनले बताए।
अन्तर्राष्ट्रिय राजनीति, रणनीति र नेपालको अवस्थितिका कारण वर्तमानमा नयाँ न्यारेटिभ स्थापनाका लागि भएका चलखेलले हाम्रो आफ्नै ईतिहास र पहिचानमा शंका र प्रश्न उठ्ने, नेपाली जातिको ईतिहास र एकतालाई नै भताभुंग पार्ने अवस्था आईसकेको आयोजक समितिका संयोजक मदनमणि अधिकारीले बताए।
कार्यक्रममा अष्ट्रेलियामा क्रियाशिल बहुसंख्यक नेपाली सामुदायिक संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो। पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर सुरू भएको कार्यक्रममा एनआरएनए अष्ट्रेलिया महिला संयोजक सन्ध्या शाह, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाईं, समाजसेवीहरू दिनेश जोशी, प्रेम सापकोटा, बुद्दि डल्लाकोटी, पूर्णनाथ घिमिरे, डिल्ली ढकाल, दिनेश पोखरेल लगायतले पृथ्वीनारायण शाहको योगदान स्मरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण