नेपाल इन्भेष्टमेण्ट बैंकले दिने भयो साढे १० प्रतिशत बोनस शेयरसहित साढे ८ प्रतिशत नगद लाभांश
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट शेयर पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । बोनस पारित भएसँगै बैंकको चुक्तापूँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वित्तीय विवरण अनुसार असार मसान्त सम्म कुल निक्षेप ८ दशमलव ४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५ दशमलव २३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ ।
त्यस्तै बैंकको खराब कर्जा अनुपात २ दशमलव ७८ प्रतिशत रहेको छ । बैंकले ८२ वटा शाखा कार्यालय, १६ वटा एक्टेन्सन काउन्टर, १० वटा राजश्व संकलन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा र १२४ वटा एटिएम काउन्टर मार्फत बैंकिङ सेवा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले घोषणा गर्यो ‘कृषिमा लगानी दशक’, यस्ता छन् अन्य योजना
-
एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन : मुख्यमन्त्री कँडेल
-
आन्तरिक स्रोतलाई दिगो बनाइ राजस्वको दायरा बढाइने, कर प्रणाली सुधारिने
-
विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा
-
उत्पादन, उत्पादकत्व र रोजगारी उच्च प्राथमिकतामा
-
जिबी राईको पासपोर्ट रद्द गर्न जिल्ला अदालत कास्कीद्वारा अस्वीकार, कानुनले नमिल्ने तर्क