मानव अधिकार हनन हुनेगरी कुनैपनि विधेयक ल्याइएको छैनः मन्त्री ज्ञवाली (भिडियो सहित)
काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले मानव अधिकार हनन हुनेगरी कुनैपनि विधेयक नल्याएको बताएका छन् ।
संसदमा पेस भएको सूचना प्रविधि सम्बन्धी विधेयकलाई संकेत गर्दै मन्त्री ज्ञवालीले मानव अधिकारलाई संकुचित पार्छ भन्ने चिन्ता व्यक्त भइरहेको बताउँदै मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने मनसाय सरकारको नभएको बताएका हुन् ।
सोमबार राष्ट्रिय मानवअधिकार आयोगले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा अर्काको मानव अधिकारलाई हनन गर्ने अधिकार संविधानले पनि नदिएको बताए ।
उनले सरकार देश भित्र संविधानले निर्दिष्ट गरेका मानव अधिकारका विषयहरुलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय रुपमा समेत विस्तार गर्ने रचनात्मक भूमिका खेल्न तत्पर रहेको समेत बताए । उनले कसैलाई देखाउन तथा सन्तुष्ट पार्नका लागि मात्र मानव अधिकारको कुरा गर्न नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण