राजकुमार ह्यारी र मेगनको इच्छालाई बेलायती महारानीको समर्थन तर...
बेलायती महारानी एलिजाबेथले आफ्ना नाती प्रिन्स ह्यारीको त्यो निर्णयलाई समर्थन गरेकी छिन् जसमा उनले आफ्नी श्रीमती मेगनसहित शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्र रुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको घोषणा गरेका थिए ।
बेलायतकी महारानीले आफूले राजकुमार ह्यारी र उनकी श्रीमती मेगनको इच्छालाई पूर्ण रुपमा समर्थन गरेको तर यी दुई शाही परिवारको पूर्णकालीन सदस्य पनि बनेको खण्डमा स्थिती थप सहज हुने बताएकी छिन् ।
भोलिका दिनमा यसबारे पनि निर्णय लिइने कुरामा आफू आशावादी भएको उनले बताएकी छिन् ।
गत बुधबार एक अप्रत्याशित बयानमार्फत् राजकुमार ह्यारीले शाही परिवारबाट अलग्गिएर श्रीमती र छोरासहित स्वतन्त्र रुपमा बस्ने इच्छा इन्स्टाग्राममार्फत् जानकारी दिएका थिए ।
सम्बन्ध चिसिएको भन्ने खबर निराधारः
बेलायतका राजकुमार विलियम र राजकुमार ह्यारीले आफूहरुबीचको सम्बन्ध अप्ठेरो अवस्थाबाट गुज्रिएको भन्ने विवरण अस्विकार गरेका छन् ।
पूर्वी इङ्गल्यान्डस्थित महारानी एलिजाबेथको सन्ड्रिङ्ग्घम इस्टेटमा शाही सम्मेलन चल्दै गर्दा, राजकुमार विलियम र राजकुमार ह्यारीको पछिल्लो प्रतिक्रिया आएको हो ।
पूर्वी इङ्गल्यान्डमा सोमबार शाही परिवारको एक अभूतपूर्व सम्मेलन चलेको थियो ।
यहि बेला केम्ब्रिज र ससक्सका ड्यूकहरूले विगत दुई वर्षको अवधिमा आफूहरूको सम्बन्धमा चिसोपन आएको भन्ने एक पत्रिकामा आएको विवरण अस्वीकार गरेका छन् ।
हानिकारक
एक संयुक्त विज्ञप्ति जारी गर्दै राजकुमारद्वय विलियम र ह्यारीले दुई दाजुभाइबीचको सम्बन्ध बिग्रिएको भन्ने समाचार आपत्तिजनक भएको बताएका छन् ।
उनीहरूले राजकुमार ह्यारी र उनकी श्रीमती मेगनलाई हेप्ने प्रवृत्ति देखाइएको भन्ने विवरण मानसिक स्वास्थ्यका विषयमा निकै संवेदनशील रहेका दाजुभाइका लागि निकै हानिकारक हुनसक्ने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



