ओस्कर अवार्डमा जोकर फिल्म सर्वाधिक ११ विधामा मनोनित
यस वर्षको ओस्कर अवार्डका लागि मनोनयनको घोषणा गरिएको छ । फिल्म जोकरले सर्वाधिक ११ विधामा मनोनित भएको छ ।
जोकरले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायकका साथै अन्य आठ विधामा मनोनित भएको छ ।
द आयरिशम्यान, १९१७ र वन्स अपन अ टाइम इन हलिउडले १०–१० विधामा मनोनयन पाएका छन् ।
बेलायतकी सिंथिया एरिवो, एन्थनी हपकिन्स, जोनाथन प्राइस, फ्लोरेन्स प्यूलगायत एक्टिङ अवार्डका लागि मनोनित भएका छन् ।
जोकरले गत हप्ता ब्रिटिश एकेडेमी फिल्म अवार्डस्मा पनि ११ श्रेणीमा मनोनयन पाएको थियो ।
तर एक्सटर्सको श्रेणीमा सिन्थिया एक्ली कलाकार हुन् जसले ब्रिटिश एकेडेमी अवार्डमा पनि मनोनयन पाएको छ ।
जोकरका साथै उत्कृष्ट फिल्मको श्रेणीमा द आयरिशम्यान, १९१७ र वान्स अपन अ टाइम इन हलिउडले पनि मनोनयन पाएको छ ।
उत्कृष्ट फिल्मको श्रेणीमा फोर्ड भर्सेस फरारी, जोजो र्याबिट, लिटिल विमेन, म्यारिज स्टोरी र दक्षिण कोरियाली फिल्म प्यारासाइटले पनि मनोनयन पाएको छ ।
उत्कृष्ट नायकका लागि जोकरका जोओकिन फिनिक्सबाहेक म्यारेज स्टोरीका एडम ड्राइभर, वन्स अपन अ टाइम इन हलिउडका लागि लियोनार्डो डी क्याप्रियो, पेन एण्ड ग्लोरीका लागि एन्टोनियो ब्यान्डेरस र द टू पोीसका लागि जोनाथन प्राइसले मनोनयन पाएका छन् ।
उत्कृष्ट नायिकाका लागि एरिवोबाहेक रोनेन, चार्लीज थेरान र रेने जेलवेगर पनि दौडमा छन् ।
वन्स अपन अ टाइम इन हलिउडमा सपोर्टिङ रोलका लागि ब्राड पिट पनि मनोनित छन् ।
सब्सक्रिप्शन आधारित ठूला कम्पनी नेटफ्लिक्सको नाम थुप्रै फिल्मसँग जोडिएको छ, यीमध्ये छन् म्यारिट स्टोरी, द आयरिशम्यान र द टू पोप्स । नेटफ्लिक्ससँग जोडिएका फिल्मले २० श्रेणीमा मनोनयन पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण