ओमानका सुल्तान कावुसको निधनप्रति उर्जामन्त्री पुनद्वारा समवेदना प्रकट
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान काबुस विन तारिक विनताइमुर विनअल सइदको निधनप्रति समवेदना प्रकट गरेका छन् ।
अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (आइरिना)को १० औं साधारणसभामा सहभागी हुन युएईको अबुधावीबाट ओमानको राजधानी मस्कट पुगेका मन्त्री पुनले सइदको निधनप्रति नेपालको तर्फबाट ओमान सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका हुन् ।
मन्त्री पुनले नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विनताइमुर अल सइदलाई भेटेर राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट समवेदना प्रकट गरेका हुन् ।
मन्त्री पुनले राष्ट्रपति भण्डारीले लेखेर पठाएको लिखित समवेदनापत्र नवनियुक्त सुल्तानलाई हस्तान्तरण गरे । त्यसै अवसरमा मन्त्री पुनले ओमानको शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना समेत व्यक्त गरेका थिए । त्यसैगरी, ४३ वर्षदेखि कायम रहँदै आएको नेपाल–ओमानबीचको मैत्रीपूर्ण कुटनीतिक सम्बन्ध आगामी दिनहरुमा पनि कायम रहने विश्वास व्यक्त गरे ।
यसैगरी, ओमानका नवनियुक्त सल्तानले पनि नेपालका राष्ट्रपति, प्रधानमन्त्री र सम्पूर्ण जनतालाई समवेदनाको लागि धन्यवाद व्यक्त गरे । साथै, उनले नेपाल–ओमानको सम्बन्ध भविष्यमा प्रगाढ हुनेमा विश्वस्त रहेको बताए ।
समवेदना प्रकट कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र मन्त्री पुनका सचिवालय प्रमुख नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईँ समेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण