टुबोर्ग ओपन सेसन्स् २ मा सबिन राई एण्ड द फेरोहको ‘तिम्रो लागी’
काठमाडौं– नेपालको ब्रायन एडम्स् भनेर चिनिने सबिन राई र उनको ब्याण्ड ‘द फेरोह’ को ‘तिम्रो लागी’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।
टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुतीहरु पेश गरिन्छ ।
उक्त डिजिटल प्ल्याटफर्मले विभिन्न प्रसिद्घ कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्पmत पुराना र हालका लोकप्रिय गीतहरुलाई नयाँ शैलीमा प्रस्तुत गर्दछ । आफ्नो संगीतको बढवा गरी धेरै दर्शकहरु माझ पुराउन चाहने कलाकारहरुका लागी टुबोर्ग मञ्च राम्रो माध्यम बनेको छ ।
सबिन राई निकै लोकप्रिय गायक तथा गीतकार हुन् जसलाई उनको उल्लेखनिय स्टेज प्रस्तुतीहरुको लागी चिनिन्छ । उनले सन् १९९२ मा गितार बजाउन सिक्नुका साथै आफ्नो पहिलो एल्बम् निकालेका थिए ।
दोस्रो एल्बम् ‘सतह’ को रिलिज पछि नेपाली संगीत क्षेत्रमा उनको लोकप्रियता व्यापक रुपमा बढ्यो । उनका केही गीतहरु रातारात हिट भए जसले उनलाई थप लोकप्रियता दिलायो । ‘तिम्रो लागी’ सबिन राईको प्रिय गीतहरु मध्ये एक हो ।
टुबोर्ग ओपन सेसन्स् २ मा भोकल्स्मा सबिन, भोकल्स् तथा बेसमा जीवन लामा, ड्रम्स्मा बिनोद लामा तामाङ साथै गितारमा जोन श्रेष्ठ र निकेश केसीको साथमा उक्त गीतलाई थप बेजोड रुपमा प्रस्तुत गरिएको छ ।
टुबोर्ग ओपन सेसन्स् सिजन २ मा रोहित शाक्य र मनोज कुमार केसीले सबै २६ वटा गीतहरुमा निर्माताको रुपमा नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सँगै सहकार्य गरिरहेका छन् ।
सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने पनि यस सेसनको लक्ष्य रहेको छ ।
टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समुहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो ।
सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन, युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण