धादिङ समाज युएईद्वारा मिर्गौला पीडितलाई रु ५० हजार सहयोग
मङ्गलबार, २९ पुस २०७६, २१ : २५
धादिङ समाज युएईले धादिङ नीलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायी बासिन्दा जीतबहादुर गुरुङको उपचारका लागि रु ५० हजार सहयोग गरेको छ । समाजका उपाध्यक्ष ईश्वर भट्टले आज पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट पीडित आर्थिक अवस्था अत्यन्तै दयनीय भएका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरे । बैसठठी वर्षीय गुरुङको दुवै मिर्गौलामा समस्या छ ।
एउटा मिर्गौला पूर्णरुपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ । समाजका पूर्वमहासचिव किरण धमलाले समाजले स्थापनाकालदेखि नै समाजसेवी कामहरु गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि देशभरि आपत्विपद्, दुःख र पीडामा परेकाहरुलाई समाजले सहयोग गर्ने योजना रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण