२ हजार घुस खाँदा प्रहरी जवान अख्तियारको फन्दामा
मङ्गलबार, २९ पुस २०७६, २२ : २८
काठमाडौँ । कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का रु २ हजार घुससहित पक्राउ परेका छन् ।
डियुटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात नियन्त्रणमा लिएको र पछि मिलाइदिने भन्दै घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोली उनलाई २ हजार घुससहित पक्राउ गरेको हो ।
उनलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।