इजराइलमा भ्रमण वर्ष २०२० को उद्घाटन
बुधबार, ०१ माघ २०७६, १३ : १८
इजराइलको तेल अभिभमा रहेको दूतावासले विशेष कार्यक्रमको आयोजना गरेर नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको छ ।
इजराइलका पर्यटनमन्त्री यारिभ लेनिन र इजराइलका लागि नेपाली राजदूत अञ्जना शाक्यले गत जनवरी ७ तारिखमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेका हुन् ।

राजदूत अञ्जनाले आफ्नो स्वागत मन्तव्यमा त्यहाँ उपस्थित सबै पाहुनालाई अबको बिदा नेपालमा व्यतित गर्न आग्रह गरेकी छिन् ।
यस्तै इजराइलका पर्यटनमन्त्री यारिभ लेनिनले नेपाल भ्रमण वर्ष २०२० को अभियानको प्रशंसा गर्दै सफलताको कामना गरेका छन् ।
उक्त कार्यक्रममा हेब्रु भाषामा सुचनामूलक पावर पोइन्ट प्रेजेन्टेशन र नेपालको पर्यटनसम्बन्धि प्रचारमुलक भिडियो प्रसारण गरिएको थियो ।


कार्यक्रममा करिब १ सय २० पाहुना सरिक थिए । उपस्थित पाहुनाले चारवटा नेपाली खानाको स्वादमा मञ्जुश्री, लाखे र थाली नाचको मज्जा लिए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण