वाईसीएल ब्युँताउने चेतावनी
काठमाडौँ । तत्कालीन एमाले निकट युवासंघ र माओवादी निकट वाइसीएलबीचको एकता प्रकृयाप्रति असन्तुष्टि जनाउँदै साविकको वाईसीएलका केही नेताहरुले समानान्तर कमिटी गठन गरेका छन् । समानान्तर कमिटीमा साविक वाईसीएल नेपालका केन्द्रीय सदस्यहरु रहने छन् । जसको संयोजन हेमबहादुर खड्काले गरेका छन् ।
असन्तुष्ट पक्षको हालै सम्पन्न भेलाले ६ महानगर, ११ उपमहानगर, ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्र गरि २५९ केन्द्रीय सदस्य तथा ८६ जनाको केन्द्रीय सचिवालय सदस्यसहित १८ जनाको कार्यलय रहेको कार्य समिति निर्माण गरेको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टीले केन्द्रीय आयोजक समिति बनाएर अधिवेशन नै नगरी पार्टी एकता प्रक्रियामा गएको र सच्चा क्रान्तीकारीहरु, ईमान र निष्ठाको राजनीति गर्नेहरुलाई पाखा लगाइयो’ असन्तुष्ट पक्षको भनाई छ । उनीहरुले एकता प्रकृयामा नवप्रवेशी गैर राजनैतिक पृष्ठभूमीका व्यक्तिहरु भित्रयाएको आरोप समेत लगाएका छन् ।
वाईसीएल नेपालका संयोजक हेमबहादुर खड्का राजका नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलनको सहायक संगठन ‘गौरवशाली संगठन’ वाईसीएल नेपाल पार्टीले बोकेको वैज्ञानिक समाजवादको अधिकतम लक्ष्य र जनताको जनवादको न्युनतम कार्यक्रमप्रति प्रतिबद्ध रहि समाजमा रहेका सबैखाले विभेद, शोषण र उत्पीडनको अन्त्य गर्दै समाजवादतर्फ उन्मुख छ ।’
असन्तुष्ट पक्षले एकता प्रक्रियामा देखिएका विकृति र त्रुटिहरु सच्याएर लैजान तथा संगठनभित्र व्यक्तिवादी सोच र मानसिकता बोकेर अराजकता पालेर जिम्मेवारी लिई बसेको व्यक्तिहरुलाई तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण