‘माइकल अधिकारी’ मा सौगात र सृष्टि जोडी
काठमाडौं । रियल प्रेम जोडी हुन् सौगात मल्ल र सृष्टि श्रेष्ठ । विवाहमार्फत यी दुई बन्ने केही पहिले हल्ला चलेको थियो । तर विवाह प्रक्रियामा ढिलाइ भएको कारण यी दुबै पति पत्नी बन्न भने सकेका छैनन् । रियललाईफमा ढिला भएपनि सौगात र सृष्टि रिल लाइफमा भने पति पत्नी बनेका छन् । यी दुबै फिल्म ‘माइकल अधिकारी’को लागि पति पत्नी बनेका हुन् ।
फिल्मको बुधबारबाट सुटिङ सुरु भएको छ । माघे संक्रान्तिको अवसर पारेर झापाको विर्तामोडबाट फिल्मको छायाँकन सुरु गरिएको निर्माण संस्था गोपीकृष्ण मुभिजले जनाएको छ । फिल्मको नाम अंकित केक काटेर छायाँकनको शुभ साइत गरिएको फिल्म रञ्जित रौनियारले निर्देशन गर्दैछन् । फिल्मको कथा सेरोगेसी बताइएको छ ।
फिल्मको पहिलो दिनको सुटिङ सौगात र सृष्टिले पति पत्नीका रुपमा गरेका छन् । जसको पुष्टि निर्माण युनिटले बुधबार सार्वजनिक गरेको तस्बिरले गरेको छ । तस्बिरमा जसमा रातो कुर्था सुरुवाल लगाएकी अभिनेत्री सृष्टिको सिउँदोमा सिन्दुर, हातमा चुरा र गलामा पोते देख्न सकिन्छ । तस्बिरमा सौगातर सृष्टि एकसाथ देखिएका छन् ।
फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समूह परिवर्तन थियटरका कलाकारको अभिनय रहनेछ । फिल्मको प्रदर्शन मिति आगामी चैत्र २८ बताइएको छ ।
गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् भने निर्माता निरक पौडेल रहेका छन् । विर्तामोड र इलाममा खिचिने फिल्ममा राजु विक्रम थापाको छायाँकन, निर्देशक रन्जित रौनियारको कथा, शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा र निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण