कालापत्थरमा विश्व किर्तिमानी फेसन रनवे, मेडिकल पार्टनरमा नेपाल मेडिसिटी
ललितपुर– संसारकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरमा माघ ११ गते आयोजना हुन लागेको ‘माउण्ट एभरेष्ट फेसन रनवे’मा सहभागि हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य उपचार गरेको छ ।
५ हजार १ सय ६४ मिटर उचाईमा रहेको आधार शिविरमा आयोजना हुने यो कार्यक्रम विश्वकै उचाईमा आयोजना गर्न लागिएको पहिलो फेसन कायक्रम हो जुन गिनीज वर्ल्ड रेकर्ड दावेदार हो ।
जलवायु परिवर्तनले पारेको नकारात्मक असरबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ कालापत्थरमा आयोजना हुने रनवेका लागि सहभागिले लुक्लाबाट कार्यक्रम स्थल सम्म र त्यहाबाट लुक्लासम्म आउनका लागि १४ दिनको पैदल यात्रा गर्नेछन् ।
उचाई, चिसो, र सुख्खापनलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले मेडिकल टिम र आवश्यक सामाग्री उपलब्ध गराएको छ । साथै आकस्मिक अवस्थामा उद्धारका लागि हेलिकोप्टर सेवा उपलब्ध हुने छ ।
काठमाडौंबाट माघ ३ गते कालापत्थरका लागि यात्रा शुरु गरीने र सोका लागि आवश्यक तयारीका लागि चिकित्सकहरुले माघ १ गते, बुधबार नेपाल मेडिसिटी अस्पतालकै अडिटोरियम हलमा आकस्मिक उपचार सेवा, छाला तथा शरिर रक्षा एवं शारिरीक तन्दुरुष्टिका बारेमा जानकारी गराउने कार्यक्रम राखिएको छ ।
नेपालीहरुलाई उपचारकै लागि विदेश जानु पर्दैन भन्ने सन्देश प्रदान गर्दै आएको अस्पतालले नेपालमा मेडिकल टुरिजम्का लागि प्रसस्त सम्भावना रहेको विश्वास राख्दै आएको छ । संस्सारकै उच्च शिखर सगरमाताको आधार शिविरमा आयोजना हुने माउण्ट एभ्रेष्ट फेसन रनवेले विश्वसामु नेपाललाई चिनाउने अर्को एउटा कारण दिलाउने आशा राखीएको छ ।
अस्पतालले यस रनवे सौन्दर्य कार्यक्रम भन्दा माथी उठि राष्ट्रिय गौरवको कार्यक्रम भएकाले यस किसिमको कार्यक्रमका सहभागिलाई स्वास्थ्य उपचार प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई इतिहास रच्ने कार्यका लागि शुुभकामना व्यक्त गरेको छ ।
सम्पूर्ण सहभागीहरु माघ ३ गते लुक्ला प्रस्थान गर्दैछन् । मेडिकल टीमले सम्प्रर्ण तयारी पूरा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण