कुनै समस्याको हल गर्नुअघि त्यसको कारण बुझ्नुहोस्, तनाव कम हुनेछ
गौतम बुद्धसँग जोडिएका कथामा हामीले जीवनका सबै दुःख भगाउने सूत्र पाउँछौं । यदि यी सूत्रलाई व्यवहारमा लागु गर्ने हो भने हामी सुखी हुन सक्छौं । यहाँ यस्तै एक कथाबारे जानकारी लिऔं जसमा समस्यालाई कसरी टाढा राख्ने भनेर सिकाइएको छ...
– एकदिन बुद्धका सबै शिष्य कथा सुन्न जम्मा भएका थिए । केही समयपछि गौतम बुद्ध हातमा डोरी बोकेर आए । प्रवचन दिन आएका बुद्धको हातमा डोरी देखेर शिष्य चकित परे । आफ्नो आसनमा बसेर बुद्धले डोरीमा तीनवटा गाँठो बनाए । त्यसपछि उनले शिष्यलाई सोधे, ‘के यो डोरीमा पहिलेदेखि नै गाँठो थियो ?’
– यो प्रश्नको जवाफमा एक शिष्यले यसको उत्तर थोरै मुश्किल भएको बताए । उनले भने, ‘यो हाम्रो दृष्टिकोणमा निर्भय हुन्छ । यो डोरी त्यही हो, यसमा खासै कुनै परिवर्तन छैन ।’
यस्तै अर्का शिष्यले भने, ‘अब यसमा तीनवटा गाँठो पारिएका छन् जुन डोरीमा पहिले थिएन । त्यसकारण डोरीलाई परिवर्तन गरियो भन्न सकिन्छ ।’
यस्तै, केही शिष्यले भने, ‘मूलरुपमा डोरी त्यही हो, तर गाँठोका कारण यो परिवर्तन भइसकेको छ ।’
– बुद्धले शिष्यको कुरा ध्यानपूर्वक सुने । त्यसपछि उनले भने, ‘तपाईंहरु सबैजना सही हुनुहुन्छ । अब म यो गाँठो खोलिदिन्छ ।’ यति भनेर बुद्धले डोरीको दुईवटा टुप्पोलाई तान्न थाले । ‘के यसरी डोरीको गाँठो फुकाउन सकिन्छ ?’ बुद्धले प्रश्न गरे ।
– शिष्यले उत्तर दिए, ‘यस्तो गर्दा त गाँठो झन् कस्सिन्छ । यसरी गाँठो फुकाउन थप मुश्किल हुनेछ ।
– बुद्धले भने, ‘ठिक । अब भन्नुहोस् त यो गाँठो खेल्नका लागि हामीले के गर्नुपर्छ ?’ शिष्यले भने, ‘हामीले ती गाँठो कसरी बनेका छन् भनेर ध्यानपूर्वक हेर्नुपर्छ । त्यसपछि ती गाँठोलाई सजिलै खोल्न सकिन्छ ।’
– बुद्धले यो जवाफमा सुन्तुष्टि प्रकट गर्दै भने, ‘एकदम सही । हामी जतिबेला समस्यामा फस्छौं तब हामी त्यसको कारण थाहा नपाई त्यसको हल खोज्न थाल्छौं । जबकी हामीले सुरुमा समस्याको मूल कारण बुझ्नुपर्छ । जब समस्याको कारण बुझ्नुहुन्छ तब हामीले त्यो निकै सजिलै सुल्झाउन सक्छौं । त्यसकारण सुरुमा समस्याको मूल कारण बुझ्नुहोस् र त्यसपछि नै त्यसको हल गर्न अग्रसर हुनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण