ओस्करमा मनोनित ‘जोकर’ फिल्मका नायकको ओठको दागमा टिभी प्रस्तोताले खिल्ली उडाइन्, आलोचनापछि मागिन् माफी
अमेरिकी टिभी प्रस्तोता वेन्डी विलियम्सले आफ्नो कार्यक्रममा जोकिन फिनिक्सको ओठको मजाक उडाएकी छिन् । यद्यपि, अत्यधिक आलोचनापछि आफ्नो अभिव्यक्तिका लागि ट्वीटरमा माफी पनि मागेकी छिन् । यस्तै, क्लेफ्ट लिप एण्ड पेलेट असोसिएसनले माफीमात्रै अपुग भएको बताए । जोकिन उत्कृष्ट नायक विधामा ओस्करमा मनोनित भएका छन् ।
वेन्डीले कार्यक्रममा गोल्डन ग्लोब्स अवार्डमा जोकिनले उत्कृष्ट नायकको उपाधि जितेको बारे कुरा गरिरहेकी थिइन् । यतिबेला उनले आफ्नो ओठ उचाल्दै नायकको दागमाथि खिल्ली उडाइन् ।
यसमा पेलेट असोसिएसनले भनेको छ, ‘वेन्डीले ट्वीटरमा मागेको माफी पर्याप्त छैन ।’
प्रवक्ता एना मार्टिनडेलले बीबीसीसँगको कुराकानीमा उनले लाखौं मानिसहरुको सामुन्ने कार्यक्रममा यस्तो गरेकी छिन्, मलाई लाग्छ कि उनले उक्त कार्यक्रममा नै माफी माग्नुपर्ने धारणा राखेकी छिन् । उनले भनेकी छिन्, ‘वेन्डीले जसरी कार्यक्रममा कुरा गरिरहेकी थिइन्, यसबाट स्पष्ट हुन्छ कि उनी नायकको मजाक उडाउन चाहन्छिन् । हामी र हामीजस्ता जतिसुकै संगठनले मेहनत गरोस् तर कहिले पनि टिभीजस्तो प्रभाव छोड्न सक्दैनौं ।’
९२ औं एकेडेमी अवार्डमा वर्षको सबैभन्दा चर्चित हलिउड फिल्म ‘जोकर’ ले उत्कृष्ट नायक, पिक्चर र निर्देशकसमेत ११ ठूला विधामा मनोनयन पाएको छ । फिल्म सन् २०१९ मा बिलियन डलर क्लबमा समावेश हुने पहिलो फिल्म थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण