यस्तो छ आजको मौसम पूर्वानुमान
शनिबार, ०४ माघ २०७६, ०६ : ५५
मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएको जानकारी दिएको छ । महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानमा आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिएको हो ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको जारी सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी, आज दिनभर आंशिक र सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । पहाडी र तराईका केही भूभागका थोरै स्थानमा मात्रै हल्का वर्षा हुने छ । भने उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राति भने देशको पहाडी भूभागमा आंशिक र सामान्य बदली हुन सक्ने तथा तराईका केही भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण