१ करोड चोरीको घटनामा काँग्रेस निकट दलित संघका नेता पक्राउ
काठमाडौँ । १ करोड ३ लाख चारीको घटनामा नेपाली काँग्रेस निकट दलित संघका केन्द्रीय सदस्य समेतको संलग्नता घेटिएको छ । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको १ करोड ३ लाख रुपैयाँ पुस २९ गतेकैलाली प्रहरीले बरामद गरेको थियो ।
प्रहरी स्रोतका अनुसार शनिबार उक्त घटनामा संलग्न भएको आंशकामा दलित संघका केन्द्रीय सदस्य पदम नेपाली पक्राउ परेको छन् । तर, दलित संघको केन्द्रीय अध्यक्ष मिनबहादुर विश्वकर्माले भने नेपाली केन्द्रीय सदस्य नरहेको बताए ।
यसअघि सोही घटनामा बाजुरा बूढीगङ्गा नगरपालिका–१, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापालाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।
मंसिर ४ गते नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट उनीहरूले उक्त रकम चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बस्नेतले बताए । चोरी भएको रकमबारे भारतीय राजदूतमार्फत नेपाल प्रहरीलाई पत्रमार्फत जानकारी गराइएको थियो ।
सोही आधारमा कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्डो खनेर टिनको बाकस गाडिएको अवस्थामा रकम फेला परेको हो । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
