१ करोड चोरीको घटनामा काँग्रेस निकट दलित संघका नेता पक्राउ

काठमाडौँ । १ करोड ३ लाख चारीको घटनामा नेपाली काँग्रेस निकट दलित संघका केन्द्रीय सदस्य समेतको संलग्नता घेटिएको छ । भारतको नयाँदिल्लीबाट चोरी गरी ल्याएको १ करोड ३ लाख रुपैयाँ पुस २९ गतेकैलाली प्रहरीले बरामद गरेको थियो ।
प्रहरी स्रोतका अनुसार शनिबार उक्त घटनामा संलग्न भएको आंशकामा दलित संघका केन्द्रीय सदस्य पदम नेपाली पक्राउ परेको छन् । तर, दलित संघको केन्द्रीय अध्यक्ष मिनबहादुर विश्वकर्माले भने नेपाली केन्द्रीय सदस्य नरहेको बताए ।
यसअघि सोही घटनामा बाजुरा बूढीगङ्गा नगरपालिका–१, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापालाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।
मंसिर ४ गते नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट उनीहरूले उक्त रकम चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बस्नेतले बताए । चोरी भएको रकमबारे भारतीय राजदूतमार्फत नेपाल प्रहरीलाई पत्रमार्फत जानकारी गराइएको थियो ।
सोही आधारमा कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्डो खनेर टिनको बाकस गाडिएको अवस्थामा रकम फेला परेको हो । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते