शबाना आजमी चढेको कार ट्रकसँग ठक्कियो
बलिउडकी चर्चित अभिनेत्री सबाना आजमी मुम्बई–पुणे हाइवेमा कार दुर्घटनामा घाइते भएकी छिन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनलाई मुम्बईको एमजीएम अस्पतालमा भर्ना गरिएको छ ।
उक्त दुर्घटना ६० किलोमिटर टाढा खलापुर नजिकै शनिबार बेलुकी करिब चार बजे भएको हो । रायगढीका एसपी परासकरका अनुसार उनको कार ट्रकसँग ठोक्किन पुगेको हो । उक्त दुर्घटनामा कार अत्यधिक क्षतीग्रस्त भएको छ ।
शबाना आजमी मुम्बई फर्कने क्रममा उनको दुर्घटना भएको हो । महाराष्ट्र ट्राफिक पुलिसका अनुसार शबानाको अनुहार, गर्धन र आँखा वरिपरि चोट लागेको थियो । उनी ड्राइभर सिट नजिकै बसेकी थिइन् ।
पुलिसका अनुसार जावेद अख्तर अर्को कारमा पछिपछि थिए जुन दुर्घटनामा समावेश भएन । हिन्दुस्तान टाइम्सले खलापुर पुलिस स्टेशनका इन्स्पेक्सटर विश्वजीत काइन्जादलाई उद्धृत गर्दै भनेको छ, ‘शबानाको सफारी गाडी उनका ड्राइभरले चलाइरहेका थिए र पछिपछि जावेदको आउडी कार थियो । ड्राइभरले ओभरटेक गर्ने कोसिस गरिरहेको थियो, अगाडि जाने क्रममा ट्रकको पछाडिको भागसँग ठोक्किएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण