नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
आइतबार, ०५ माघ २०७६, १७ : १९
काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
यसअघि नेता अग्नि सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच लगभग सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गर्न लागेको हो ।
तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ भने सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण