घुस लिएको अभियोगमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सलयानका तत्कालीन सबइञ्जिनीयर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नेपाल सरकारलाई गैरकानूनीरुपमा हानि पु¥याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनीयर थमन योगी, असिस्टेन्ट सवइञ्जिनीयर तोरणबहादुर विष्टलाई रु ७७ हजार ७७५ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
आयोगले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बरबहादुर कामी, कोषाध्यक्ष कर्णबहादुर विक तथा सचिव अनिता विकविरुद्ध समेत समान बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले विष्णुपुर सशस्त्र प्रहरी बेसक्याम्प रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दारविरुद्ध मुद्दा दायर गरेको छ । घरायसी मालसामान आयातमा सहज गरिदिने भन्दै हवल्दार चौधरीले सेवाग्राहीसँग रु छ हजार घुस लिएको अभियोग लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण