उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा
सोमबार, ०६ माघ २०७६, ०९ : ०५
उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् ।
तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए ।
‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले बताए । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ ।
हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण