उपसभामुख संसद भवनमा, पहिलो चरणको बैठकको अध्यक्षता आफैले गर्ने
काठमाडौँ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सोमबार तय भएको प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने भएकी छिन् । त्यसपछि उनले राजीनामा दिएर सभामुखको निर्वाचन प्रक्रियाका लागि मार्गप्रशस्त गर्नेछिन् ।
सिंहदरबारमा सोमबार बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालसँग छलफल गरेपछि उनले नै पहिलो चरणको बैठक सञ्चालन गर्ने र त्यसपछि राजीनामा दिनेबारे समझदारी भएको हो ।
उनको राजीनामापछि जेष्ठ सदस्यको हैसियतमा राजपा सांसद महन्थ ठाकुरले राजीनामा पत्र पढेर सुनाउनेछन् ।
सिंहदरबारमा भएको छलफलपछि शिवमाया पहिलो चरणको बैठक आफैले सञ्चालन गर्ने प्रतिक्रिया दिँदै संसद भवन नयाँ बानेश्वरतर्फ लागेकी छिन् ।
उनले पहिलो चरणको बैठकमा आफ्नो कुराहरु राख्ने पनि जानकारी दिए । केहीबेर बैठक सञ्चालन गरेर स्थगित गर्ने र त्यसपछिको बैठकमा जेष्ठ सदस्यले संसद चलाउनेछन् ।
नेकपाले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि शिवमाया उपसभामुखबाट राजीनामा दिनुपर्ने बाध्यतामा पुगेकी हुन् । एकै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाइने संवैधानिक प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण