प्रदेश लोकसेवा आयोगमा पदाधिकारीको नाम सिफारिश
सोमबार, ०६ माघ २०७६, १९ : २५
प्रदश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नाम सिफारिश गर्न बनेको समितिले आज तीन जनाको नाम सिफारिश गरेको छ ।
प्रदेश लोकसेवा आयोगका लागि अध्यक्षमा नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई र सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई नियुक्त गर्न सिफारिश गरिएको छ ।
प्रदेश लोकसेवा आयोगका लागि पदाधिकारीलाई बनेको समितिको सदस्य सभामुख र प्रतिपक्षी दलका नेता रहने व्यवस्था रहेको प्रदेश नं १ का प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण