विश्वविद्यालयको अनुसन्धानमा सबैभन्दा बढी खर्च गर्ने देशहरु कुन हुन् ?
सबैको मनमा लाग्न सक्छ, संसारको महाशक्ति देश अमेरिकाले विश्वविद्यालयको अनुसन्धामा सबैभन्दा बढी खर्च गर्छ । तर यथार्थ त्यो होइन । द इन्फर्मेसन टेक्नोलोजी एण्ड इनोभेसन फाउण्डेसनका अनुसार अन्य विकसित राष्ट्रहरुको तुलनामा अमेरिका विश्वविद्यालयको अनुसन्धानमा लगानी गर्ने देशहरुको सूचीबाट लगातार पछाडि पर्दै गइरहेको छ । दोस्रो विश्वयुद्धकालदेखि नै अमेरिकालाई प्रविधिमा सर्वोच्च बनाउनका लागि उसले विश्वविद्यालयहरुको अनुसन्धानमा गरेको लगानीले महत्त्वपूर्ण भूमिका खेलेको कुरा सत्य हो, तर त्यत्तिकै सत्य कुरा के हो भने कूल ग्राहस्थ उत्पादनको आधारमा सन् २०१३ मा विश्वविद्यालयको अनुसन्धानमा लगानी गर्ने मामिलामा २४ औं स्थानमा रहेको अमेरिका सन् २०१७ मा आइपुग्दा २८ औं स्थानमा खसिसकेको थियो ।

https://www.businessamlive.com
विश्वविद्यालयका अनुसन्धानहरुले खोजतलास र आविष्कारमा आधारित आर्थिक बृद्धिमा निक्कै ठूलो भूमिका निर्वाह गर्ने गर्दछ । त्यस दिशामा त्यस्ता अनुसन्धानहरुले वैज्ञानिक तथा इन्जिनियरहरुलाई तालिम प्रदान त गर्छ नै , साथसाथै ज्ञानको हस्तान्तरण पनि गरिरहेको हुन्छ ।
सन् २०१७ मा स्वीट्जरल्याण्डले आफ्नो कूल ग्राहस्थ उत्पादनको ०.७६ प्रतिशत विश्वविद्यालयको अनुसन्धानमा खर्च गरेको थियो, जुन अमेरिकाको तुलनामा ३.७ गुना बढी थियो । त्यसैगरी, ०.७२ प्रतिशत लगानी गरेर डेनमार्क दोस्रो थियो भने ०.६४ प्रतिशत लगानी गरेर नर्वेले तेस्रो स्थान ओगटेको थियो ।
त्यसो आफ्नो कूल ग्राहस्थ उत्पादनको सापेक्षतामा विश्वविद्यालयका अनुसन्धानमा लगानी गर्ने सवालमा अमेरिकाको स्थिति खस्कँदै गएको भए पनि अझै ऊ यो सवालमा जापान, न्यूजील्याण्ड, चीन र रुसभन्दा अगाडि नै छ ।

तथ्यस्रोत : https://www.weforum.org
title Photo: https://assets.weforum.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण