श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
मङ्गलबार, ०७ माघ २०७६, १२ : ३३
बारा । आफ्नै ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेको अभियोगमा पचरौता नगरपालिका-१ पिपरपाती टोल बस्ने रामयाद महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महतोले गत शुक्रबार श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी नदीको किनारमा लगेर शव जलाउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनास्थलमा शव जल्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यलाय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
महतोलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण