मलेसियाद्वारा धनी राष्ट्रका फोहोरले भरिएका १५० जहाज फिर्ता
एजेन्सी । मलेसियाले प्लाष्टिकजन्य फोहोर रहेका १५० वटा ढुवानी कन्टेनर फिर्ता गरिदिएको छ । तिनले अमेरिका, बेलायत, फ्रान्स र क्यानडाजस्ता धनी राष्ट्रका फोहोर बोकेका थिए । मलेसियाले आगामी दिन आफ्नो देश ‘डम्पिङ साइट’ नहुने बताएको छ । सन् २०१८ देखि उक्त दक्षिण–पूर्वी एसियाली देशमा अनाधिकृत रुपमा प्लाष्टिकजन्य फोहारको ढुवानी ह्वात्तै बढेको छ ।
चीनमा सञ्चालित ठूलो पुनरचक्रिय उद्योगमाथि त्यहाँको सरकारले प्रतिबन्ध लगाएपछि विश्वका धनाढ्य राष्ट्रका फोहोर चीनका छेउछाउ देशमा अनधिकृत रुपमा लान थालिएको छ । त्यसमा पनि मलेसिया मुख्य गन्तव्य बन्न थालेको थियो । मलेसियाली सरकारले अनधिकृत रुपमा भइरहेको यी कार्यविरुद्ध कदम उठाएको हो ।
सोमबार मलेसियाका वातावरणमन्त्री यीओ बी–यिनले फोहोर बोकेका ढुवानी कन्टेनर फिर्ता गरिएकोबारे जानकारी दिँदै १३ देशका ३७३७ मेट्रिक टन फोहोर फिर्ता गरेको बताइन् । फिर्ता गरिएका १५० ढुवानी कन्टेनरमध्ये ४३ फ्रान्सका थिए, ४२ संयुक्त अधिराज्य फिर्ता गरिएका थिए । त्यस्तै अमेरिकाका १७ जहाज छन् भने क्यनडाका ११ छन् ।
एक लामो फेसबुक पोस्टमा यिओले लेखेकी छन्,‘मलेसिया विश्वको फोहोर फाल्ने ‘डम्पिङ साइट’ नहोस् भनेर सरकारले कदम उठाएको छ । ’ हाल फिर्ता गरिएको कन्टेनरको खर्च गन्तव्य देश र जहाज सञ्चालक कम्पनीले बेहोर्ने यिओले बताइन् ।
चीनले वातावरण सफाइको लागि भन्दै दुई वर्षअघि प्लाष्टिकजन्य फोहोरको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यस कदमले फोहोर अन्य देशमा फाल्ने देशमा खैलाबैला मच्चिएको थियो । भर्खरै ग्रिनपिसले सार्वजनिक गरेको एक रिपोर्टअनुसार सन् २०१८ को पहिलो सात महिनामा अमेरिकाबाट मलेसिया निर्यात हुने प्लाष्टिक फोहोर अघिल्लो वर्षको तुलनामा दोब्बर रहेको थियो ।
अघिल्लो वर्ष फिलिपिन्सले क्यानडाबाट आएको फोहोरबिरुद्ध यस्तै अडान लिएको थियो । अघिल्लो वर्ष मेमा १८७ देशका सरकारले प्लाष्टिकलाई बेसेल महासन्धिमा थप्न सहमति जनाए । यो सन्धिले फोहोर सामाग्रीलाई एक देशबाट अर्को देशमा हुने ढुवानीलाई नियमन गर्छ । अमेरिकी सरकारले पनि त्यसमा सहमति जनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा
-
मुख्यमन्त्रीको दाबी : पार्टीको केन्द्रीय नेतृत्वसँगको परामर्शबाटै एमालेबाट मन्त्री बनाइएको हो
-
एक वर्षमा २९ महिला पत्रकारले पेशा छाडे
-
लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा
-
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
-
तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प