उपसभामुख पद माग्न रामचन्द्र पुगे प्रचण्ड निवास
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार प्रचण्ड र पौडेलबीच भेटवार्ता भएको हो ।
भेटमा नेता पौडेलले उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेका थिए । ‘सहकार्य गरेर जाउँ, सभामुखमा नेकपाको उम्मेद्वारी परेकाले अब उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्दा राम्रो हुन्छ’ पौडेलले प्रचण्डसँग कुराकानीका क्रममा भनेका थिए । पौडेलको यस्तो प्रस्ताव सुनेका प्रचण्डले पार्टीमा छलफल गरेर अघि बढ्न आफु तयार रहेको जवाफ दिएका थिए ।
काँग्रेसले सभामुख निर्वाचन कार्यक्रम अन्तर्गत मंगलबार आफ्नो उम्मेदवारी दिएको छैन । सभामुख पदमा नेकपाका उम्मेदवार अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । उपसभामुख पदमा राजपाले पनि दावी गर्ने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण